रेशम चौधरीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ स्थगित
धनगढी । रेशम चौधरीविरुद्धको मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी तथा राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।
टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भनिएको थियो ।
गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख योजनाकार भनिएका रेशम चौधरीलाई बाँकी कैद मिनाहा गर्नुभएको थियो ।
क्रूर, अमानवीय र गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै प्रहरी निरीक्षक बोहोराकी पत्नी कडायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
प्रतिक्रिया