जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्‍निच्युडको भूकम्प

  सोमबार २०, कार्तिक २०८० १६:५६

धनगढी । जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनस् ठूलो भूकम्पको झट्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्‍निच्युड मापन गरिएको छ । त्यहाँ रिपोर्टिङमा रहेका संवाद्‍दाताहरूका अनुसार भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।

रूकुमका संवाददाता महेश केसीका अनुसार पराकम्पका कारण उनले रिपोर्टिङ गरिरहेको स्थानबाट परिपट्टीको डाँडामा पहिरो गएको देखिएको छ ।

जाजरकोटमा रहेका फोटोपत्रकार अंगद ढकालका अनुसार केही समयको अन्तरालमा दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको छ ।

clock सोमबार २०, कार्तिक २०८० १६:५६

प्रतिक्रिया