भूकम्प पीडितका लागि नेविसंघले केन्द्रीय सदस्यबाट एक हजार संकलन गर्ने

  शनिबार १८, कार्तिक २०८० १५:१७

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडित भएकाहरुका लागि राहत प्रदान गर्न प्रत्येक केन्द्रीय सदस्यबाट एक हजार रुपैयाँ संकलन गर्ने भएको छ। 

नेविसंघका केन्द्रीय सदस्य टेकराज अवस्थीका अनुसार हरेक केन्द्रीय सदस्यबाट एक हजारका दरले संकलन गरी ७ लाख ११ हजार रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय भएको छ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भइसकेको छ। यस्तै सैयौं घाइते भएका छन्। 

सरकारले राहत तथा उद्धारका लागि सबै संयन्त्रहरु परिचालन गरेको छ। विभिन्न तहका सरकार तथा संस्थाहरुबाट सहयोगको घोषणा भइरहेका छन्। 

सरकारले राहत वितरण कार्यलाई एकद्वार प्रणालीबाट मात्र गर्ने निर्णय लिएको छ। 

clock शनिबार १८, कार्तिक २०८० १५:१७

प्रतिक्रिया