जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ दिने सरकारको निर्णय

  शनिबार १८, कार्तिक २०८० १४:५१

जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । नेपाल सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५/५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बाट पठाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भूकम्प पीडितको उद्धार, उपचार र राहतबारे आवश्यक निर्णय लिन बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम जिल्लामा खोज, उद्धार तथा उपचारका कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने बैठको निर्णय छ ।

clock शनिबार १८, कार्तिक २०८० १४:५१

प्रतिक्रिया