कर्णाली प्रदेश सरकारले गर्‍यो सबैलाई सहयोगका लागि अपिल

  शनिबार १८, कार्तिक २०८० १०:०९

सिमकोट । कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि अपिल गरेको छ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको छ।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए।

गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म १२८ जनाको ज्यान गएको छ भने सयौंको सङ्ख्यामा घाइते भएका छन्।

भूकम्पपछि उद्धारको कार्य जारी रहेको छ।

clock शनिबार १८, कार्तिक २०८० १०:०९

प्रतिक्रिया