संजीवनी नेपाल र टेवाद्धारा भुकम्प पिडितलाई राहत

  बुधबार १५, कार्तिक २०८० १०:१६

बझाङ  । बझाङमा असोज १६ गते गएको बिनासकारी भुकम्पले जिल्लाका १२ वटै पालिकामा क्षेतविक्षेत पारेपछि स्थानीयबासी त्रसित भएका छन् ।

भुकम्प प्रभावितहरूका लागि साहयता सामाग्री हस्तान्तरण संजीवनी नेपालको पहल र टेवाको आर्थिक सहयोगमा १ सय १त्रिपाल र १ सय बलाङ्केट सहयोग गरेको छ ।

संजीवनी नेपाल कंचनपुरकी प्रमुख नितु भण्डारीले खप्तडछान्ना गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेकी छन् ।

 भुकम्पका कारण खप्तडछान्ना गाउँपालिका वडानम्बर ७ मा रहेको गोर्खाली आधारभुत बिद्यालयको तिनवटै भवनहरू भत्तकिए पछि अहिले पठनपाठनमा समेत समस्या आईरहेको स्थानीयबासीले बताए पछि आफ्नो तहबाट विभिन्न द्धातृ निकायसंग समन्वय गरी उक्त बिद्यालयको समस्या समाधानमा लाग्ने संजीवनी नेपाल संस्थाकी प्रमुख नितु भण्डारीले बताइन् ।

उनले भनिन् बझाङमा सार्वजनिक भवन देखि घरहरूमा धेरै क्षति गरेको छ यिनको पुन निर्माणका लागि सम्बन्धित निकाएले छिटो भन्दा छिटो पहल गर्न आवश्यक छ ।


असोज १६ गते देखि अहिले सम्म बारम्बार आईरहेको भुकम्प पराकम्पनका कारण जिल्लाका बाह्र स्थानीयतहहरूबाट अहिले सम्म जिल्ला प्रशासन बझाङमा आएको डाटा अनुसार २४ सय ४५ घरहरू पूर्णरूपमा क्षति र ६ हजार १ सय ४० घरहरू आंंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय बझाङका कर्मचारी नन्द बहादुर धामीले बताए ।

उनले भने अहिले सम्म १२ वटै पालिकाबाट आएको आधारमा हामीले ईन्टी गरिरहेका छौ र अहिले बिभिन्न सरोकारवाला निकायहरूबाट राहत सामाग्री जिल्ला भित्री रहेको छ । खप्तडछान्ना गाउँपालिकामा ४सय ७० घर पुर्णरूपमा क्षति भएका छन् भने १७ सय भन्दा बढि घरहरूआंशिक क्षतिभएका छन् ।

clock बुधबार १५, कार्तिक २०८० १०:१६

प्रतिक्रिया