चक्र बमसहित ९ कलाकार जुवाखालबाट पक्राउ

  मङ्गलबार १४, कार्तिक २०८० २०:४९

काठमाडौं । काठमाडौंमा नौ जना कलाकार जुवाखालबाट पक्राउ परेको खुलेको छ। शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको हो। बिष्ट नृत्य निर्देशकका साथै कलाकार पनि हुन्।

जुवाखालबाट पक्राउ पर्नेहरुमा शंकर आचार्य, इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारी छन्।

जुवाखालबाट प्रहरीले एक लाख रकम भन्दा धेरै बरामद गरेको जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए। पक्राउ परेकालाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।

clock मङ्गलबार १४, कार्तिक २०८० २०:४९

प्रतिक्रिया