फ्राइडे रिलिज : आजबाट हलमा सुरक्षाको ‘बहाव’

  शुक्रबार २४, चैत २०७९ ०६:३९

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो । 

सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनि निर्देशक स्वयं हुन् । चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजलाई देशभर गरेर १३ शोज दिएको छ । 

फागुन १९ गते रिलिज भएको सिनेमा ‘छक्का पञ्जा–४’ले अझै पनि राम्रो शोज पाइरहेको छ । आज यो सिनेमाले क्यूएफएक्स चेनमा २० शोज पाएको छ । 

आजैबाट रिलिज हुने भनिएको ‘प्रसाद–२’ भने निर्माताबीचको विवादका कारण प्रदर्शन हुन सकेन । उच्च अदालत पाटनले तत्काल सिनेमा नचलाउन अन्तरिम आदेश दिएपछि सिनेमा प्रदर्शन हुन नसकेको हो । 

clock शुक्रबार २४, चैत २०७९ ०६:३९

प्रतिक्रिया