पुर्व उपसभामुख जोशीको स्वास्थ्य अवस्था बुझ्न एमाले सचिव भट्ट भारतमा

  आइतबार १२, कार्तिक २०८० १९:५०

धनगढी । नेकपा एमाले नेता तथा पुर्व उपसभामुख भोजराज जोशीको स्वास्थ्य अवस्था बुझ्न एमाले सचिव तथा कर्णाली ईन्चार्ज लेखराज भट्ट भारत पुगेका छन् ।

उपचारार्थ जोशीको स्वास्थ्य अवस्था बुझ्न सचिव भट्ट भारतको उत्तराखण्ड राज्यको खटिमास्थित प्रयास अस्पताल पुगेका हुन् । 

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जोशी भारत पुगेका थिए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अहिले जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

clock आइतबार १२, कार्तिक २०८० १९:५०

प्रतिक्रिया