मुक्त कमैया र सुकुम्वासीको उचित व्यवस्था गर्न मुख्यमन्त्री शाहलाई मागपत्र

  शुक्रबार १०, कार्तिक २०८० १९:१९

धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहलाई मुक्त कमैया र सुकुम्वासीको उचित व्यवस्था गर्न एकता शिबिरका सुदामा चौधरीले माग पत्र पेश गरेका छन्। 

जसको कोहि छैन, त्यसको हामी छौँ समाज नेपालद्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री शाहलाई चौधरीले मागपत्र बुझाएका हुन।

मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले कमैया लगतमा समाबेश भएका तर अहिले सम्म पनि जग्गा प्राप्त गर्न नसकेका र बन तथा सडक छेउछाउमा अव्यवस्थित बसोबास गरि रहेका मुक्त कमैया र सुकुम्वासीहरुको उचित बसोबास गर्ने बताए। 

उनले तिनै तहका सरकार र भुमी आयोग सँग समन्वय गरी समस्या समाधान तर्फ जाने र मुक्त कमैयाका बालबालिकाको शिक्षा, स्वास्थ्यको उचित प्रबन्ध पनि गर्ने बताएका छन्।

clock शुक्रबार १०, कार्तिक २०८० १९:१९

प्रतिक्रिया