धनगढीमा एशियन व्यवस्थापन कलेज सन्चालनमा

१९ कार्तिक २०७९, शनिवार

धनगढी, १९ कार्तिक । कैलालीकाे धनगढी स्थित उत्तरवेहडीमा एशियन व्यवस्थापन कलेज सन्चालनमा आएकाे छ । 
त्रिभुवन विश्वविद्यालयबाट २०६४ साल देखि सम्बन्धन लगेर काठमाण्डौंको किर्तिपुरमा सञ्चालन भइरहेको एशियन व्यवस्थापन कलेज धनगढीमा सन्चालनमा आएकाे हाे ।

सुदूरपश्चिममा व्यवस्थापन, मानविकि र आम सञ्जार शंकाय क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गरी यहाँका विद्यर्थीलाई दक्ष जनशक्तिकारुपमा विकास गर्न कलेज धनगढीमा सारिएको कजेलका अध्यक्ष रमेश पत्नले बताए । ‘काठमाण्डौंमा स्थापित कलेज बनिसकेको थियो,’ अध्यक्ष पन्तले भने, ‘तर सुदूरपश्चिमको शिक्षा क्षेत्रलाई गुणस्तरिय र विक्ने जनशक्ति तयार पार्नुपर्छ भनेर हामी धनगढी सरेका छौं, यसै शैक्षिक शत्र देखि पठनपाठन सुरु हुने छ ।’

एशियन व्यवस्थापन कलेज धनगढी–४ स्थित पुरानो कैलाली मोडेलको भवनमा सञ्चालन गरिएको छ ।

कलेजले व्यवस्थापन शंकाय तर्फ वाणिज्य, वित्तिय क्षेत्रमा आमुल परिवर्तन ल्याउनका लागि स्नातक तहमा विद्यार्थीलाई अध्यापन गराउँदै औद्योगि जनशक्ति उत्पपादन गर्ने सञ्चालक तथा जनसम्पर्क अधिकृत यज्ञराज जोशीले बताए ।

गुणस्तरिय शिक्षा प्रदान गर्दै बजारमुखि रुपमान्तरण गरी देशमा रोजगारी सिर्जना गर्दै विदेशिने जनशक्ति रोक्ने, स्वदेशमै स्वरोज्गार बन्न विद्यर्थीलाई पर्यटन, होटेल, कृषि जस्ता क्षत्रमा न्यून लगानीमै उद्योग सञ्चालन गर्न स्थानीय सरकार संग समन्वय गर्ने, साना तथा मझौला उद्योग सञ्चालनका लागि स्तानतक तह दोश्रो बर्ष देखि नेपाल भारतका विभिन्न औद्योगिक क्षेत्रको भ्रमण गराई अनुभव प्रदान गराइने कलेका उद्देश्य रहेका छन् ।

मानविकि संकाय अन्तरगत सामाजिक कार्य र आम सञ्चार विषयमा अध्यापन गराईने जनाइएको छ । ती शंकायमा अध्ययन गर्दा विद्यार्थीलाई कम्तिमा दुई बर्ष क्षेत्रगत अध्ययन गराइ सामाजिक क्षेत्रलाई आर्थिक तथा रोजगारी संग जोड्दै समाज रुपमान्तर गर्ने शिक्षा प्रदान गरिने उल्लेख गरिएको छ ।

कलेजमा समय समया त्रिभुन विश्व विद्यालयका बरिष्ठ प्राध्यापक बाट कक्षा सञ्चालन गराइने, अमेरिकोको डेनभर विश्वविद्यालय संग समन्वय गरी सिकाई आदानप्रदान गरिने तथा त्यहाँका प्राध्यापकलाई धनगढीमा आमन्त्रण गरिने अध्यक्ष रमेश पन्तले बताए । कलेजले जेहन्दार तथा अशक्त विद्यार्थीलाई प्रमाणका आधारमा छात्रवृति प्रदान गर्ने उनले बताए ।

 

Share This:
No News Were Available