मुख्यमन्त्री शाहले तेस्रो दिन प्रदेश प्रमुखबाट टीका ग्रहण गरे

  बिहिबार ०९, कार्तिक २०८० १८:३१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख देवराज जोशीबाट आज टीका ग्रहण गरेका छन् ।

दसैंको टीका लगाउने तेस्रो दिनमा प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई टीका र जमरा लगाइदिएका हुन् । 

कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका लगाउने आशीर्वाद लिने चलन छ । 

clock बिहिबार ०९, कार्तिक २०८० १८:३१

प्रतिक्रिया