बडा दसैँले प्रदेशबासीहरुमा पारस्परिक सहयोग, सद्भाव, मित्रता बढाओसः प्रदेश प्रमुख जोशी

  मङ्गलबार ०७, कार्तिक २०८० १०:४३

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा सरकार लागिरहेको बताएका छन्।

विजया दशमी २०८० को अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख जोशीले धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सदभाव कायम गदै एकतालाई थप सुदृढ गर्न सरकार लागि रहेको बताएका हुन्।

‘सदियौदेखि हर्षोल्लास पूर्वक मनाउँदै आइरहेको हाम्रा यी चाडपर्वहरुले विश्वका विभिन्न स्थानमा छरिएर रहेका समस्त नेपालीहरुको  धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सदभाव, सहिष्णुता एवं भातृत्वलाई थप प्रगाढ तुल्याउनु’ उनीद्धारा हष्ताक्षरित शुभकामना सन्दैशमा भनिएको छ –‘साथै, आफनो मौलिक संस्कृति, र परम्पराको संरक्षण, संर्वद्धन र विकासमा अझै टेवा पुर्याउने विश्वास लिएको छु ।’

उनले पर्वहरुले प्रदेशबासीहरुमा पारस्परिक सहयोग, सद्भाव, मित्रता, एकता, शान्ति र सामाजिक सहिष्णुताको भावना अभिवृद्धि गर्न प्रेरणा दिने बताए। प्रदेश प्रमुख जोशीले चाडमा भड्किलो र खर्चिलो नबनाउँन पनि आग्रह गरेका छन्।

clock मङ्गलबार ०७, कार्तिक २०८० १०:४३

प्रतिक्रिया