दशैँले सबैलाई एकताको सूत्रमा बाँध्न सकोस् : कांग्रेस सभापति देउवा

  आइतबार ०५, कार्तिक २०८० ०६:१२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । 

आज शुभकामना सन्देश दिँदै उनले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको सन्देश दिने यो पर्वलाई नेपाली समाजले सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको बताएका छन् । यस्तो पर्वले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको बताए । 

उनले भने, ‘नेपालबहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्वभावले विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा विश्वप्रसिद्ध छ । बडादशैँले समुदाय, संस्थाहरु, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ मजबुत बनाउँदै आएको छ र बनाउनु पर्दछ ।’

उनले आफू र आफ्नो पार्टीको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभ–कामना पनि व्यक्त गरेका छन् । 

clock आइतबार ०५, कार्तिक २०८० ०६:१२

प्रतिक्रिया