राष्ट्रपति पौडेलले दिए बडा दशैंको शुभकामना

  शनिबार ०४, कार्तिक २०८० ०६:४९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्। शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन्।

राष्ट्रपति पौडेलले बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत गरेका छन्।

उनले सन्देशमा भनेका छन्, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु।’

बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै राष्ट्रपतिले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने बताएका छन्।

‘बडा दशैं पर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्छ भन्ने मलाई  लागेको छ,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

clock शनिबार ०४, कार्तिक २०८० ०६:४९

प्रतिक्रिया