गेटामा अस्पताल सञ्चालनको पहिलो दिन १८ बिरामीको उपचार

  बिहिबार ०२, कार्तिक २०८० ०६:२३

धनगढी । कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सय शय्या क्षमताको अस्पताल बुधवारदेखि सञ्चालनमा आएको हो।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको गेटामा सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।

अस्पतालका निर्देशक प्रमोद जोशीका अनुसार बुधवार पहिलो दिन १८ जना विभिन्न रोगका बिरामीले स्वास्थ्य उपचार सेवा लिएका हुन्। अस्पताल सञ्चालनका  लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध गरिएको छ।

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा आएको हो।
 

clock बिहिबार ०२, कार्तिक २०८० ०६:२३

प्रतिक्रिया