कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

  सोमबार २९, असोज २०८० १६:१५

धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाइएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरियामा कालो झण्डा देखाएको हो ।

व्याख्यात्मक टिप्पणीको नाममा राष्टघाति सम्झौता एमसीसी सम्झौता पास गरेको भन्दै प्रचण्डलाई कालो झण्डा देखाइएको उक्त पार्टीले जनाएको छ ।

प्रधानमन्त्री दाहालले धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ  ।

clock सोमबार २९, असोज २०८० १६:१५

प्रतिक्रिया