सुदूरपश्चिम एमाले अधिवेशन : पदाधिकारीमा सर्वसम्मत, सदस्यमा निर्वाचन

  बिहिबार २५, असोज २०८० १६:१४

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले मतदान भइरहेको छ । अध्यक्षसहितका पाँच पदाधिकारी सर्वसम्मत भएपनि केही जिल्लाका सदस्यमा सहमति हुन नसकेपछि मतदान सुरु भएको हो ।

No description available.

धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा अहिले मतदान जारी छ । कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछाम सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो ।

डोटि, दार्चुला, बाजुरा र डडेल्धुराका सदस्यहरु सर्वसम्मत भइसकेका छन् । प्रदेश अधिवेशनले अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागरथी विष्ट र नरबहादुर बिकलाई सर्वसम्मत चयन गरेको छ ।

clock बिहिबार २५, असोज २०८० १६:१४

प्रतिक्रिया