जनता प्रति सरकार कहिले गम्भीर हुन्छ - प्रदेश सांसद विष्ट

  बिहिबार २५, असोज २०८० १६:०३

धनगढी । सुदूरपश्चिम प्रदेश प्रदेश सभाको दोस्रो अधिवेशनको २८ औँ बैठकमा बोल्दै प्रदेश सांसद खेमादेवी विष्ट जनता प्रति सरकार गम्भीर नभएको बताएकी छिन् । इजरायलमा हमासको हमलाका कारण मृत्यु भएका मृतक र बझाङ भूकम्पमा परी मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै उनले उनले इजरायल घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई प्रदेश सरकारले दिने भनिएको २ लाख रकमले दुःखेको घाउमा मलम लगाउन नसकिने बताइन् । 

 

उनले भनिन्—‘यो शोकमग्न विषयलाई प्रदेश सरकाले गम्भीरता पूर्व सोच्नु पर्दछ । अगामी दिनमा सुदूरपश्चिमका होनहार युवाहरूलाई गुमाउन नपरोस् र युवाहरूलाई पलायन हुन नदिन स्वदेशमै स्वरोजगार बनाउन आवश्यक छ ।’ बर्खे अधिवेशन कागजमा पुरा गर्न मात्रै चलेको हो नत्र यो सधन चल्ने थिएन भन्दै उनले आक्रोश व्यक्त गरिन् । 

 

यस्तै, सांसद विष्टले प्रदेश सरकारलाई किन अहिलेसम्म प्रदेश सरकारले अहिले सम्म बिजनेस दिन सकेन ?, सरकारले किन यो प्रदेश सभालाई बेवारिसे अवस्थामा राखेको छ ?, किन सरकार पछि पछि हटेको ?, सरकारको दायित्व कोही होइन ?, लगायतका उनले प्रश्न गरे । 

 

उनले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को बुढितोला, मुडिभावर, चलानीगडा, भ्यागुतेपानी र दोगडाका धेरै बस्तीहरि पहिरोबाट पीडित भएको जानकारी गराईएपनि पीडितलाई क्षतिपूर्ति उपलब्ध भएको छैन । पीडितलाई उचित स्थानमा व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन् ।

 

बझाङमा भूकम्पका कारण क्षति भएका संरचना लाई पुनः निर्माणमा खटिन पनि प्रदेश सरकारलाई उनले आग्रह गरिन् । पीडितहरूका लागि बस्ने व्यवस्था गरी यो चाडपर्वको बेलामा उनीहरूको गास र बासको ब्यवस्थ गर्न पनि आग्रह गरिन् ।

clock बिहिबार २५, असोज २०८० १६:०३

प्रतिक्रिया