नेपाली भू-भागमा मोदीको घुसपैठबारे सरकारले जवाफ दिनुपर्छः रावल

  बिहिबार २५, असोज २०८० १५:१३

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा भीम रावलले कडा आपत्ति जनाएका छन्। सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ।

भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन्। उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ।

मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन। स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन्।

एमाले नेता डा रावल यो निकै संवेदनशील विषय भएको बताए। उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो। नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन्। त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन।’ 

नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताए। रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन सरकारलाई सुझाव दिएका छन्।

clock बिहिबार २५, असोज २०८० १५:१३

प्रतिक्रिया