एमाले सुदूरपश्चिम अधिवेशन : सचिवमा चन्द र उपसचिवमा बिक सर्वसम्मत

  बिहिबार २५, असोज २०८० १०:०३

धनगढी । एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिन दुई पदाधिकारी सर्वसम्मत भएका छन् । सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन् ।

सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन् । उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन् ।

यस अधि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए । अहिले अध्यक्षमा कृष्ण प्रसाद जैशी र भरत साउद को उम्मेदवारी परेको छ।

उपसचिवमा महिला तर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ । उनी हरु बिच पनि सहमतिको प्रयास भइरहेको छ ।

clock बिहिबार २५, असोज २०८० १०:०३

प्रतिक्रिया