एमालेको सुदूरपश्चिम अध्यक्ष बन्न ४ जना उम्मेदवार

  मङ्गलबार २३, असोज २०८० ११:५९

धनगढी । नेकपा (एमाले) को सुदूरपश्चिम अध्यक्ष बन्न ४ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो।

अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

उनीहरूमध्ये सिंहबाहेक अरु तीनै जना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्। निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो।

तर पछि समय बढाइएको हो। अहिले पनि उम्मेदवारी दर्ता भइरहेको छ। साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए।

clock मङ्गलबार २३, असोज २०८० ११:५९

प्रतिक्रिया