एमाले सुदूरपश्चिमः नयाँ नेतृत्वका लागि सहमतिको प्रयास

  सोमबार २२, असोज २०८० १०:४५

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।

ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको जिम्मेवारी दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।

धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।

पार्टी अध्यक्ष ओलीले काठमाडौं फर्किनुअघि अध्यक्षका तीन जना आकांक्षी र नेताहरुलाई राखेर सहमति गरेर अघि बढ्न निर्देशन दिएका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।

अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेर समेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए ।

तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरुले बताएका छन् ।

clock सोमबार २२, असोज २०८० १०:४५

प्रतिक्रिया