एमाले नेता कार्यकर्तालाई लेखराजले भने- कुखुरा होइन चिल बन्नुपर्छ

  आइतबार २१, असोज २०८० १७:३८

धनगढी । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताएका छन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अधिवेशनमा उनले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिएका हुन् ।

‘हाम्रो अध्यक्ष केपी शर्मा ओलीमा चिल प्रवृत्ति छ उहाँले माथिल्लो तहबाट सबै नियालिरहनु भएको छ । यहाँ सबै नेता कार्यकर्ताहरूमा थोरै पनि त्यो गुणलाई समात्ने चिल प्रवृत्ति चाहियो’, उनले भने, ‘कुखुरा जस्तो अरूको शिकार हुने प्रवृत्ति चाहिएको होइन ।’

छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टले बताए । नेतृत्वसँग छलफल गरेर सर्वसम्मत र सही नेतृत्व चयन गर्नु पर्नमा उनले जोड दिए ।

अबको आन्दोलनको नेतृत्व केपी ओलीले मात्रै गर्न सक्ने बुझाइका साथ केपी ओलीको पक्षमा र एकताको पक्षमा उभिएको उनले बताए । उनले सर्वसम्मतकाको विषयमा आफूले भनेको मात्रै लागु हुने भन्ने कुरा नहुने बताए ।

‘मैले भनेको मानेपछि सर्वसम्मत अर्काले भनेको सर्वसम्मत नहुने भन्ने कुरालाई पनि मूल्याङ्कन गर्नु पर्छ’, उनले भने ।

clock आइतबार २१, असोज २०८० १७:३८

प्रतिक्रिया