एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुन्छ : सचिव विश्वकर्मा

  आइतबार २१, असोज २०८० १७:३६

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिए । ‘एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर भएको छ । अराष्ट्रियता सम्बन्ध बिग्रिएको छ ।

समृद्धिको अभियान शिथिल भएको छ’, उनले भने, ‘एमालेलाई बलियो बनाएर राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ ।’उनले सुदूरपश्चिम प्रदेशमा सीमा अतिक्रमणको समस्या रहेको बताए । उनले चनाखो भएर अधिकार स्थापित गर्नु पर्ने बताए ।

मिसन ग्रासरुटले समस्या पहिचान गरि समाधानका पाटोहरू खोजिएको बताए । प्रदेश अधिवेशन पछि जिल्ला पालिका हुँदै वडा अधिवेशन सफल बनाउने बताए । एमाले अध्यक्ष केपी शर्माको ऊर्जा र आह्वानलाई सार्थक बनाउन आवश्यक रहेको उनले टिप्पणी गरेका थिए ।

सङ्घीयता, लोकतन्त्र गणतन्त्रको रक्षा र सही ढंगले कार्यान्वयन गर्नु एमालेको जिम्मेवारी रहेको उनले बताए । यो उपलब्धिलाई जोगाएर थप उपलब्धी हासिल गर्नु पर्ने बेला आएको उनले बताए ।

clock आइतबार २१, असोज २०८० १७:३६

प्रतिक्रिया