एक घण्टादेखि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा वार्ता

  शनिबार २०, असोज २०८० ११:२६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा भेटवार्ता भइरहेको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

उनीहरुबीचको वार्ता अहिले पनिजारी छ। वार्तामा दुई नेता मात्रै सहभागी छन्। ‘एकघण्टा देखि उहाँहरु छलफलमा हुनुहुन्छ,’ स्रोतले भन्यो।

clock शनिबार २०, असोज २०८० ११:२६

प्रतिक्रिया