एमाले सुदूरपश्चिम अध्यक्षमा बचन बहादुर सिंह उमेदवारी घोषणा

  बिहिबार १८, असोज २०८० २०:१०

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बचन बहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन्।आज बिहीबार० धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिंहले प्रदेश अध्यक्षका लागी उम्मेदवारी घोषणा गरेको बताए।

राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रिय अध्यक्षसमेत रहेका उनी हाल एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य छन्। आसन्न असोज २१ र २२ गते हुने एमालेको प्रदेश अधिवेशनमा आफूले युवाको प्रतिनिधित्व गर्दै पार्टीलाई युवाको सोचसहित अगाडी बढाउने सङ्कल्पसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए।

एमालेको यो प्रदेश अधिवेशन एकताको अधिवेशन हुने पनि उनले बताए । पहिलो पटक हुन लागेको अधिवेशनमा युवा नेता सिंहले प्रदेश अध्यक्ष पदका लागि आफू सक्षम रहेको बताए।

प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका सिंहले सुदूरपश्चिममा एमालेलाई बलियो पार्टी बनाउने आफ्नो योजना रहेको बताए। एमालेलाई सांगठनिक, वैचारिक र चुनावी मोर्चामा बलियो बनाउन र ‘२०८४ को मिसन र पार्टी बलियो बनाउने मेरो योजना छ, उनले भने।सुदूरपश्चिम प्रदेशमा युवाको काँधमा जिम्मेवारी आउने विश्वास व्यक्त गरे।

सिंहले प्रदेश अध्यक्ष पदमा सघाउन सबैमा आग्रह गरे ।एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी र अछामकै अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकांक्षा राखेका छन्।

clock बिहिबार १८, असोज २०८० २०:१०

प्रतिक्रिया