अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने

  शुक्रबार ०३, चैत २०७९ १४:१३

एजेन्सी । अष्ट्रेलियाले अमेरिकाबाट २ सय २० वटा क्रुज क्षेप्यास्त्र खरिद गर्ने भएको छ । करिब ९० करोड डलर बराबरका तोमाहक क्षेप्यास्त्र अष्ट्रेलियाले किन्ने भएको हो । 

अमेरिकी विदेश मन्त्रालयले अष्ट्रेलियालाई क्रुज क्षेप्यास्त्र बिक्री गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अमेरिकी संसदले उक्त प्रस्ताव अनुमोदन गरेपछि बिक्री प्रक्रिया अघि बढ्ने छ ।

औकस सम्झौता अन्तर्गत अष्ट्रेलियाले अमेरिकाबाट खरिद गर्ने पन्डुब्बीमा प्रयोग गर्ने उदेश्यले ति क्षेप्यास्त्र खरिद बिक्रीको कारोबार हुन लागेको हो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड माल्र्सले क्रुज क्षेप्यास्त्र खरिदपछि अष्ट्रेलिायाको पहुँच आफ्नो किनारा भन्दा पर पुग्ने भन्दै अष्ट्रेलिया आफूलाई सुरक्षित राख्न सक्षम हुने बताउनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि क्रुज क्षेप्यास्त्र पाएपछि अष्ट्रेलिया अमेरिकी रक्षा प्रणालीसँग जोडिने बताएको छ । गत सोमबार अमेरिका, बेलायत र अष्ट्रेलियाबीच औकस सुरक्षा रणनीति सम्बन्धि सम्झौता भएको थियो ।

जस अन्तर्गत अमेरिकाले अष्ट्रेलियालाई ३ वटा पन्डुब्बी खरिदन गर्ने भएको छ ।

clock शुक्रबार ०३, चैत २०७९ १४:१३

प्रतिक्रिया