नेकपा एस डोटीका जिल्ला उपसचिवसहित १४ नेता एमालेमा फर्किए
डोटी । नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव भक्तबहादुर साउँदसहित बडीकेदार गाउँपालिकाबाट १४ नेता नेकपा एमालेमा फर्किएका छन्।
हाल विदेशमा रहेका उपसचिव साउँदले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू एमालेमै फर्किएको घोषणा गरेका हुन्।
उनले नेकपा एस दक्षिणपन्थीको टेको बन्दै चरम पुँजीवादको भाषमा फसेको, राष्ट्रियता कमजोर पार्दै विदेशीको दलाल भएको आरोप लगाएका छन्।
साउँद गत स्थानीय तहको निर्वाचनमा माओवादी-एस गठबन्धनबाट बडीकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए।
साउँदसँगै एमाले प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य शारदा कठायत, गाउँ कमिटी अध्यक्ष लाल व मन्नी, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरु रहेको नेकपा एमाले बडीकेदार गाउँ कमिटीका अध्यक्ष प्रकाश धामीले जानकारी दिए।
प्रतिक्रिया