भूकम्पले घाइते बनाएकाको उपचार र राहत तथा उद्धार गर्न एमाले सुदूरपश्चिमको माग

  बुधबार १७, असोज २०८० ०६:२९

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज बझाङको चैनपुर नजिक केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गराएको क्षतिमा आवश्यक राहत तथा उद्धारका लागि सरकारसँग माग गरेको छ ।

कमिटीका अध्यक्ष दामोदर भण्डारी र सचिव धर्मराज पाठकले विज्ञप्ति जारी गर्दै भूकम्पले बझाङमा र अछाममा केही मानिसहरु घाइते बनाएकोमा एमाले प्रदेश कमिटी स्तब्ध बनेको उल्लेख गरेका छन् ।

तिनै घाइतेहरुको स्वास्थ्य उपचार प्रकोपमा परेर भत्किएका घर र विद्यालयहरुमा आवश्यक राहत तथा उद्धार गर्न एमालेले सुदूरपश्चिम सरकार स्थानीइ सरकारसँग माग गरेको हो ।

त्यस्तै, कमिटीले बझाङ जिल्लाका अध्यक्षसहित अन्य जिल्लाका नेता कार्यकर्ताहरुलाई पनि राहत तथा उद्धारमा जुट्न आग्रह गरेको छ ।

मंगलबार दिउँसो ३ बजे ६ मिनेटमा भूकम्प जाँदा पश्चिम नेपालमा १३ जना घाइते एवम् दर्जनौं घर भत्किएका थिए ।

clock बुधबार १७, असोज २०८० ०६:२९

प्रतिक्रिया