गेटामा विश्वविद्यालय बनाउने विधेयकलाई सरकारको स्वीकृत, अब संसद् जाने

  मङ्गलबार १६, असोज २०८० १८:३९

काठमाडौं । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी विधेयकलाई स्वीकृत गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक स्वीकृत गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको विधेयक संसद्मा दर्ता भई छलफलपछि पारित भएपछि प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश हुने प्रावधान छ ।

मेडिकल कलेज बनाउन संरचना निर्माण गरिएपछि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने माग राख्दै आन्दोलन नै भएको थियो ।

clock मङ्गलबार १६, असोज २०८० १८:३९

प्रतिक्रिया