एमाले निकटकै युवा नेताहरुले लगाए पार्टी कार्यालयमा ताला

  मङ्गलबार १६, असोज २०८० १५:०४

धनगढी । नेकपा एमालेको धनगढी स्थित सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला पार्टी कार्यालय र  धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ। 

प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटमा नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन् ।

एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य समेत रहेका किशोर शाहले आज (मंगलबार) पार्टी अफिसहरुमा ताला लगाइएको  बताए । 

उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो ।

धनगढी सहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भुगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाइएको तालाबन्दी कर्ताहरुको आरोप छ। 

यहीँ असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ।

clock मङ्गलबार १६, असोज २०८० १५:०४

प्रतिक्रिया