एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

  मङ्गलबार १६, असोज २०८० ०७:१५

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । उनी अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतान्तरले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

बाँकी पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन् । सोमबार  राति अबेर सम्पन्न मतगणनाको अन्तिम  परिणाम अनुसार  खतिवडाले  ५१२ मत पाएका छन् ।  विनोद  ढकालले ४३० मत  प्राप्त गर्दा ३५ मत बदर भएको थियो ।

पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक थियो । २०६६ मा उनीहरू मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजेता बनेका थिए । खतिवडा मोरङ–१ बाट निर्वाचित पूर्व सांसदसमेत हुन् ।  

clock मङ्गलबार १६, असोज २०८० ०७:१५

प्रतिक्रिया