सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि बस्ने
धनगढी । लामो समयदेखि बिजनेसविहीन रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठक भोलि मंगलबार बस्ने भएको छ।
एक महिना बढी समयसम्म अनिश्चित बनेको प्रदेश सभाको बैठक भोलिका लागि आह्वान गरिएको हो।
प्रदेशसभा सचिवालय धनगढीले सूचना टाँस गरेर तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरेको छ।
भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको बताइएको छ।
प्रतिक्रिया