नेकपा एमाले कैलालीले तीन स्थानीय तहमा लगायो प्रतिनिधिको टुङ्गो
धनगढी । नेकपा एमाले कैलालीले तीन स्थानीय तहमा प्रतिनिधिको टुङ्गो लगाएको छ । असोज २१ गते हुन लागेको प्रदेश अधिवेशनका लागि जिल्लाका तीन स्थानीय तहको प्रतिनिधिको टुङ्गो लगाएको हो ।
आजदेखि सुरु भएको निर्वाचन प्रक्रिया अन्तरगत जिल्लाका अधिकांश स्थानीय तहमा प्रतिनिधि छनौटमा समस्या रहेको छ । कार्यवाहक अध्यक्ष दुर्गा जोशीले जिल्लाको चुरे र वर्दगोरिया गाउँपालिका तथा गौरीगंगा नगरपालिकामा प्रतिनिधिको टुङ्गो लागेको बताए ।
उनले जिल्लाका अन्य स्थानीय तहमा मंगलबारसम्म टुङ्गो लाग्ने बताए । उनले प्रतिनिधिमा विवाद नभई सहमतिको प्रयास भइरहेको बताए । स्रोतका अनुसार धनगढीसहित जिल्लाका केही स्थानीय तहमा प्रतिनिधि छनौटका लागि पनि निर्वाचन गर्नुपर्ने स्थिति देखिएको छ ।
प्रतिक्रिया