आयल निगमलाई प्रधानमन्त्रीको निर्देशन : पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्नू

  आइतबार १४, असोज २०८० १३:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न नेपाल आयल निमगलाई निर्देशन दिएका छन् ।

सरकार प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले बढेको मूल्य कायम नगर्न निगमलाई निर्देशन दिइसकेको र निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने जानकारी दिइन् ।

“प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । मूल्य वृद्धि रोक्ने र साविक मूल्य कायम गर्ने निर्देशन भएको छ,” उनले भनिन्, “केहीबेरमा आयोगले त्यो सूची प्रकाशित गर्ला ।”

clock आइतबार १४, असोज २०८० १३:३८

प्रतिक्रिया