केएमसीमा भएको गजल प्रतियोगितामा जोशी प्रथम

  शनिबार १३, असोज २०८० २०:३४

धनगढी। विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसद्धारा आयोजित गजल प्रतियोगिता शनिवार सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा ३२ जना साहित्यिक विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको कन्फरेन्स हलमा आयोजना गरिएको हो। उक्त गजल प्रतियोगितामा हर्क जोशी प्रथम भएका छन्। द्धितीय स्थान मनोज मनसुन ठकुरी, तृतीय धिरेन्द्र बोहराले प्राप्त गरे । सान्त्वना दिव्या पन्त, महेश्वर पाण्डेय र नविन बम ठकुरी भए ।

प्रथम पुरस्कार २१ सय ११ नगद सहित प्रमाण पत्र, द्धितीय १५ सय ५५, तृतीय ११ सय ११ नगद सहित प्रमाण पत्र र सान्त्वना पुरस्कार साहित्यक कृती दिइएको थियो । प्रथम,द्धितीय र तृतीय हुनेलाई समर्पण पुस्तक पसलले माटो नामक गजल संग्रह कृती प्रदान गरेको थियो , अन्य पुरस्कारको व्यवस्था भने प्रतिष्ठानबाटै गरिएको थियो ।

आगमी दिनमा पनि कैलाली बहुमुखी क्याम्पसमा भएका साहित्यक प्रतिभाहरुको उजागर गर्ने गरी यस्ता कार्यक्रमहरुको आयोजना जारी राख्ने विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष सन्तोष पन्तले बताए। 

clock शनिबार १३, असोज २०८० २०:३४

प्रतिक्रिया