एमालेको बागमती प्रदेश अध्यक्षमा ढुंगेल, सचिवमा सिलवाल निर्वाचित

  शनिबार १३, असोज २०८० ०७:०१

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न प्रदेश कमिटीको निर्वाचनमा मकवानपुरका कृष्णप्रसाद दाहाललाई पराजित गर्दै रामेछापका ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन्।

कुल ११३५ मत खसेको प्रदेश कमिटीको निर्वाचनमा ढुंगेलले दाहाललाई २५७ मतान्तरले पराजित गरे। ढुंगेलले ६९६ मत पाउँदा दाहाल भने ४३९ मा सीमित भएका हुन्।

यस्तै उपाध्यक्षमा ६१५ मतसहित दावादोर्जे लामा निर्वाचित भएका छन्।

यसैगरी प्रदेश कमिटीको सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन्। सचिवमा सिलवाल र हस्त पण्डितबीच कडा प्रतिस्पर्धा भएको थियो। अन्ततः सिलवालले पण्डितलाई एक मतले पराजित गरेका हुन्।

सिलवालले ५६८ मत प्राप्त गर्दा पण्डितले ५६७ मत प्राप्त गरेका थिए। उपसचिवमा ५९९ मतसहित प्रेमकुमार महर्जन निर्वाचित भएका छन्।

clock शनिबार १३, असोज २०८० ०७:०१

प्रतिक्रिया