असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने

  शुक्रबार १२, असोज २०८० १३:१२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बिहीबार भएको छलफलअनुसार असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी गराएका हुन्।

समिति बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका छन्।

clock शुक्रबार १२, असोज २०८० १३:१२

प्रतिक्रिया