रुख काटेको आरोपमा पक्राउ परेका बेलौरीका वडाध्यक्ष चौधरी रिहा

  बिहिबार ११, असोज २०८० ०६:३५

कञ्चनपुर । रुख काटेको आरोपमा पक्राउ परेका कञ्चनपुरका एक वडाध्यक्ष बुधवार रिहा भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–६का वडाध्यक्ष भोजराज चौधरी रिहा भएका छन्। वडा अध्ययक्ष समेत रहेका चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए।

वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी सहित बिरुद्धमा उजुरी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको थियो।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए। वडाध्यक्ष रिहा भएपनि मुद्दा भने जारी रहेको प्रमुख कँडेलले बताए। अनुमती बिना रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलले बताएका थिए।

संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो। भन्सार क्षेत्रबाट कार्टिएको रुख र दाउरा वनले नियन्त्रणमा लिएको थियो। सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले गोलिया ११९क्युफिट र २ चट्ठा दाउरा वनले नियन्त्रण गरेर राखेको बताए।

कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय परिषरमा रहेका रुख काटेपछि भन्सार समेत रुष्ट भएको छ। भन्सारले वनलाई रुख कटानी गर्नेमाथि कार्बाहीको माग अघि सारेर पत्राचार गरेको थियो। चौधरी गत बैशाखमा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित स्थानीय एमाले नेता हुन।

clock बिहिबार ११, असोज २०८० ०६:३५

प्रतिक्रिया