अछाममा आफ्नै पार्टीका अधिकृतविरुद्ध लाग्दा पद चैट

  बुधबार १०, असोज २०८० १३:५२

अछाम । अछाममा नेकपा माओवादी केन्द्रका निर्वाचित जनप्रतिनिधिलाई आफ्नै पार्टीका कर्मचारीविरुद्ध लागेको भन्दै कारबाही सिफारिस गरिएको छ। जिल्लाको रामारोशन गाउँपालिकामा यस्तो भेटिएको हो।

त्यहाँका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीको सरुवा प्रकरण पालिकाकी उपाध्यक्षसहित नेकपा माओवादीका पालिका इन्चार्जलाई टाउको दुखाईको विषय बनेको छ। 

माओवादी समर्थक कर्मचारी रहेका भण्डारीको सरुवा गराउन भूमिका खेलेको भन्दै उपाध्यक्ष सृजना बुढा र माओवादीका सो पालिकाका इन्चार्ज पहल साउदलाई पार्टीभित्र कारबाही थालिएको छ।

गत साउन महिनाको ३० गते पालिकाकी उपाध्यक्ष बुढासहितले हस्ताक्षर गर्दै रामारोशन गाउँपालिकामा कार्यरत भण्डारीलाई विभिन्न कारण देखाएर सरुवा गराइदिन भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेखेका थिए।

No description available.

त्यसपछि उनको सुदूरपश्चिम प्रदेश सरकारको एक मन्त्रालयमा सरुवा भएर उनको ठाउँमा अर्का अधिकृत आएका थिए। सोही सरुवा गराएकै कारण सो विषय पार्टीमा उठेर माओवादी केन्द्रबाट निर्वाचित भएकी उपाध्यक्ष बुढालाई अप्ठ्यारो परेको हो। 

रामारोशन प्रकरणमा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधि र आफ्नै पार्टी निकट कर्मचारी संगठनका नेताहरुको लफडा रहेको खुलेपछि पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।

अपमानजनक हिसाबले भण्डारीको सरुवा गरिएको निष्कर्ष निकाल्दै माओवादीको जिल्ला समन्वय समिती अछामले उपाध्यक्ष बुढासहित उनलाई सहयोग गर्ने नेता पहललाई पनि कारबाही गर्न परिपत्र गरेको छ।

clock बुधबार १०, असोज २०८० १३:५२

प्रतिक्रिया