पुलिस स्कुल धनगढीका विद्यार्थिद्धारा सहयोग रकम हस्तान्तरण

  मङ्गलबार ०९, असोज २०८० १५:००

धनगढी । धनगढीमा रहेको नेपाल पुलिस स्कुलका विद्यार्थिहरुले आर्थिक सहयोग संकलन गरेका उपचारका लागि सहयोग प्रदान गरेका छन् । आफ्ना सहकर्मी विद्यार्थीलाई सर्पले टोकेर अवस्था गम्भीर वनेपछि नेपाल पुलिस स्कुलका विद्यार्थिहरुले आर्थिक सहयोग संकलन गरेका थिए ।

धनगढीमा कक्षा ४ मा अध्ययनरत हर्षल बुढालाई उपचारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थिहरुले आफ्नो एक दिनको खाजा खर्च कटाएर सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन् ।

 गत साउनमा बुढालाई सर्पले टोकेपछि उपचारका लागि सेती अस्पताल धनगढी लगिएको थियो । केही दिनको उपचार पछि सन्चो भएका बुढा लाई पुन रोग बल्झिएपछि अहिले उनको काठमाडौँ स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँमा  उपचार गराई रहेका बुढाको उपचारमा थोरै भएपनी सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफूहरूले आफ्नो खाजा खर्च  कटौती गरी सहयोग रकम प्रदान गरेको विद्यार्थिहरुले बताएका छन् । 

संकलन भएको १२ हजार ७ सय ५ रुपैयाँ विद्यार्थिहरुले विद्यालयका प्रधानाध्यापक डिल्लीराज जोशीलाई हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक जोशीले विद्यार्थिहरुले प्रदान गरेको सहयोग रकम बैङ्क मार्फत उपचार गराई रहेका बुढाका अभिभावकलाई पठाउने जानकारी दिए ।

आफ्ना साथीलाई दुख परेको समयमा विद्यार्थिहरुले गरेको यो कार्य  निकै  सह्रार्निय रहेको विद्यालयका शिक्षक भवानी रेग्मीले बताएका छन् ।

clock मङ्गलबार ०९, असोज २०८० १५:००

प्रतिक्रिया