वन फडानी गरेर भवन बनाउन गोदावरीका दलहरु एकमत

  आइतबार ०७, असोज २०८० १६:१४

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा वन फडानी गरेर भवन वनाउन सबै राजनीक दलहरु एक मत भएका छन् । 

गोदावरी नगरपालिकाले वन फडानी गरेर वनाउन लागेको वडा नम्बर ४ को भबन वनाउन सबै राजनीक दलहरु एक भएका हुन । 

वन फडानी गरेर निर्माण भईरहेको वडा कार्यालयमा सबै राजनीक दलको उपस्थितीमा पत्रकार सम्मेलन आयोजना जानकारी दीएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै वडा अध्यक्ष हेमप्रकाश मल्लले सर्बदलिय बैठकबाट वनको बिचभागमा ठाउँ रोजिएको जिकिर गरे ।

उनले बन मास्ने वा बन अतिक्रमण गर्ने नियतले वडाको भबन बनाउन नखोजिएको प्रष्ट पारे ।  

पत्रकार सम्मेलनमा सबै कृयाशिल पार्टीका स्थानिय नेताहरुको सहभागिता रहेको थियो । उनीहरुले वडा भबन निर्माणको पक्षमा एकबद्धता जनाएका थिए ।

नगरपालिकाले वडाको भबन स्थानिय  बसन्तपुर महिला सामुदायिक वन भित्र (पूर्वरोड सडक किनारा) बनाउन शुरु गरेको खबर बाहिर आएपछि बन कार्यालयले निर्माण को कार्य नगर्न भनेको थियो ।

त्यस यता काम रोकिएको थियो । झण्डै १ करोड ३५ लाखमा भवन निर्माण गर्ने योजना भएपनि ठेक्का लगाउँदा ८६ लाखमा काम भइरहेको हो। 

clock आइतबार ०७, असोज २०८० १६:१४

प्रतिक्रिया