सुदूरपश्चिम प्रदेश सरकारले भल्मन्सा प्रथालाई कानूनी मान्यता दिनेः मुख्यमन्त्री कमल शाह

  आइतबार ०७, असोज २०८० ०६:४३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कलमबहादुर शाहले थारु समुदायक भल्मन्सा÷बडघर प्रथालाई कानूनी मान्यता दिन तयार रहेको बताएका छन् ।

थारु कल्याणकारिणीसभा कैलालीको शनिबार कैलारी गाउँपालिकाको हसुलियामा सुरु भएको नवौ जिल्ला अधिवेशनको उदघाटन कार्यक्रमम उनले भल्मन्सारबडघर संस्कार र संस्कृतिसंग जोडिएकाले त्यसलाई कानुनी मान्यता दिन कुनै समस्या नहुने बताएका हुन् । ‘थारु समुदायको हरेक संस्कार संस्कृति जगेर्ना गर्नु प्रदेश सरकारको दायित्व हो,’ मुख्यमन्त्री शाहले भने ‘प्रदेश सरकारले यसै वर्ष नीतिगत रुपमा निर्णय लिई भल्मन्सा बडघरहरुको लागि बजेट विनियोजना गर्ने छ ।’ 

प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले थारु समुदायको पहिचान र संस्कृतिमाथि आक्रमण भइरहेकाले त्यसका विरुद्ध थारु समुदाय एक भएर आवाज उठाउन आग्रह गरे । 

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले माग मुद्दाका लागि एकताको खाँचो रहेको बताए । उनले सुदपश्चिम प्रदेशमा थारू सामुदायको चार वटा कोटा रहेकोमा दुई वटा मात्रै दिएको दुई कोटा खोसेको बताए । 

कार्यक्रमम थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, रामचरण चौधरी, इन्दु थारु, पूर्व मन्त्री गौरीशंकर चौधरी, कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी, लम्कीचुहा नगरपालिकाका उप प्रमुख जुना चौधरी, टीकापुर राजबन्दी रामप्रसाद चौधरी, नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज डगौरा, नेकपा एमालेका होरीलाल चौधरी, नागरिक उन्मुक्ती पार्टीका प्रदीप चौधरी, जसपाका गया प्रसाद कुश्मीलगायतले अधिकारका लागि एकजुट हुन आवश्यक रहेको बताएका थिए ।

अधिवेशनले थारु समुदायका विभिन्न क्षेत्रमा योगदान पुगाएका व्यक्तिहरुलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा कैया चौधरी, भानु चौधरी, इन्दिरा चौधरी, कौशिला चौधरी, बुन्दीलाल चौधरी, जोहारी लाल चौधरी, सुनिता चौधरी, नविन चौधरी, प्रमिला चौधरी, सागर कुश्मी चौधरी, राम दहित, गिता चौधरी, रामसिंह चौधरी, संगिता चौधरी रहेका छन् ।

कार्यक्रम थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव थारुको अध्यक्षतामा भएको थियो ।

clock आइतबार ०७, असोज २०८० ०६:४३

प्रतिक्रिया