नयाँ नेतृत्व चयन गर्न क्यानको निर्वाचन आज

  शनिबार ०६, असोज २०८० ०९:१६

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आज हुँदैछ । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा मतदान हुँदैछ ।

निर्वाचन समितीका अनुसार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ । शुक्रबार बन्द सत्र तथा साधरणसभा सकिएको थियो ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । चन्द यसअघि क्यानका अध्यक्ष थिए । उनी यसपटक पनि अध्यक्षमा दोहोरिन चाहेका हुन् ।

चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दैछन् । 

पारसको विरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल मैदानमा छन् ।

१७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८५ जनाले मतदान गर्नेछन्। क्यानको चुनावमा कुल ८६ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८५ रहेको छ ।

clock शनिबार ०६, असोज २०८० ०९:१६

प्रतिक्रिया