क्रिकेटका तीनवटै फर्म्याटमा भारत एक नम्बर

  शनिबार ०६, असोज २०८० ०९:१३

काठमाडौँ । भारतीय क्रिकेट पुन: एक पटक लयमा देखिएको छ । एसिया कप च्याम्पियन बनेको भारतले शुक्रबार अस्ट्रेलियालाई पहिलो एकदिवसीय खेलमा ५ विकेटले हराएको छ ।

जितसँगै भारत क्रिकेटका तीनवटै फर्म्याट टेस्ट, वानडे र ट्वान्टी-२० मा एक नम्बर टिम बनेको छ । विश्व क्रिकेट इतिहासमा सबै फर्म्याटमा नम्बर एक बन्ने भारत दोस्रो टिम हो । यसअघि सन् २०१२ कझ अगस्टमा दक्षिण अफ्रिका सबै फर्म्याटमा नम्बर एकमा पुगेको थियो ।

मोहालीमा अस्ट्रेलियालाई पराजित गर्दै भारत आईसीसी वानडे वरियतामा ११६ अंकसाथ शीर्ष स्थानमा उक्लिएको हो । ११५ अंकसहित पाकिस्तान दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको १११ अंक रहेको छ ।

भारतलाई एसिया कपमै यो मौका प्राप्त भए पनि बंगलादेशसँग पराजित हुँदा तीनै फर्म्याटमा शीर्ष स्थानमा पुग्न सकेको थिएन । ट्वान्टी(२० र टेस्ट फर्म्याटमा भने भारत केही समयदेखि नै शीर्ष वरियतामा रहेको छ ।

clock शनिबार ०६, असोज २०८० ०९:१३

प्रतिक्रिया