तिलकसिंह पेलाको आवाजमा आयो ‘देउसरा आईगै’

  शुक्रबार ०५, असोज २०८० ०६:२६

धनगढी । गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मानसखण्डीय भाषा, संस्कृति झल्काउने ‘देउसरा आईगै’ बोलको गीत पेलाको आफ्नै युट्युब च्यानलमा बिहीबार सार्वजनिक भएको हो । गीतकार हेमन्त विवशले रचना गरेको गीतमा संगीत गायक पेलाकै रहेको छ ।   

गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरेको देखिन्छ । 

मानसखण्डीय सभ्यताले हाल भारतको गढवाल, कुमाउँदेखि काली कर्णालीको उद्गम  मानसरोवरसम्मको कला संस्कृति, परम्परालाई जनाउने पेलाले बताए ।

तिलकसिंह पेला पछिल्लो समयका चर्चित गजलरगीत ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’ का गायक तथा संगीतकार हुन् ।  

clock शुक्रबार ०५, असोज २०८० ०६:२६

प्रतिक्रिया