स्वूडेनको स्टकहोम बहिरा संघ र बहिरा आवासिय बिद्यालयको टोली बिच शैक्षिक अन्तरक्रिया

  बिहिबार ०४, असोज २०८० २०:५२

धनगढी । धनगढी स्वूडेनको स्टकहोम बहिरा संघ र कैलाली बहिरा संघद्वारा सञ्चालित दक्षिणकाली बहिरा आवासिय बिद्यालयको टोली बिच शैक्षिक अन्तरक्रिया भएको छ । 

बहिरा समुदायहरुलाई सहजै शिक्षाको पहुँचमा ल्याउन र उनिहरुलाई गुणस्तरिय शिक्षा दिनका लागी दुई देशका बहिरा संघ र बद्यालय ब्यवस्थापन समिति, शिक्षक, बिद्यार्थीहरु संग भएको छलफल संग शैक्षिक अन्तरक्रिया भएको हो । 

बहिरा संघ कैलालीले सञ्चालन गरेको श्री दक्षिणकाली बहिरा आवासिय आधारभुत बिद्यालयमा अन्तरक्रिया गरिएको हो । बहिरा संघ कैलालीले गरेको कार्यक्रममा बिद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक र स्वूडेनको टोली बिच अन्तरक्रिया भएको जनाईएको छ।

कार्यक्रममा स्वूडेनको स्टकहोम बहिरा संघकी नेपाल प्रतीनिधी मारिया रुडिन र जोनस ब्रेनभाल सहभागी थिए । नेपाली बहिरा बिद्यालयहरुमा समेत लगानी गर्दै आएको स्टकहोम बहिरा संघले धनगढी उपमहानगरपालिका ११ स्थित सो बिद्यालयमा गएर बहिरा संघ कैलाली सित छलफल गरेको हो । 

बहिरा संघ कैलालीका अध्यक्ष तथा दक्षिणकाली बहिरा आवाशिय आधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दिनेश पनेरुले स्वूडेनमा यहाँभन्दा अघी बहिरा बिद्यालय सञ्चालन भएकाले त्यहाँको अनुभव आदानप्रदानका लागी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए ।

दुई देशका बहिरा संघको टोली बिच भएको शैक्षिक अन्तरक्रियाले कैलालीमा सञ्चालित बहिला बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न महत्वपुर्ण भुमिका खेल्ने उनले बताए । स्वूडेनको टोलीले दक्षिणकाली बहिरा आधारभुत बिद्यालयलाई प्राथमिकतामा राखेर यो अवशर दिएकोमा उनले धन्यवाद दिए । 

कार्यक्रममा बोल्दै स्वूडेनको स्टकहोम बहिरा संघकी नेपाली प्रतिनिधी मारिया रुडिनले बहिरा शिक्षाको बिकासका लागी चासो ब्यक्त गरिन् । बहिराहरुको शैक्षिक गुणस्तर बिकासका लागी शिक्षण सामग्री निर्माण र शिक्षकहरुको साकेंतिक भाषाको बिकास एकदमै महत्वपुर्ण रहेको उनले बताइन् ।

यस्तै अर्का प्रतिनिधी जोनस जेनभालले दक्षिणकाली बहिरा आवासिय बिद्यालयले छोटो समयमै राम्रो प्रगती गरेको बताइन् । बिद्यालय ब्यवस्थापन समिति र शिक्षकहरुको मेहेनतले यो बिद्यालयले झन उचाइ लिने उनले बिश्वास ब्यक्त गरिन् ।

स्टकहोम बहिरा संघले सो बिद्यालयमा अध्यायनरत बालबालिकाहरुका लागी न्यानो लुगा, झोला तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । बहिरा संघमा परियोजना मार्फत कैलालीका बहिरा ब्यक्तीहरुको शैक्षिक संचार र आर्थिक क्षमता अभिबृद्धीका लागी काम गर्दै आइरहेको छ ।

२०६७ सालमा स्थापित दक्षिणकाली बिद्यालयमा २०७२ सालबाट बहिरा श्रोत कक्षा शुरु गरिएको थियो । २०७५ मा बहिरा आवासिय आधारभुत बिद्यालयको अनुमती पाएको बिद्यालयले आवासिय सुबिधा सहित १ सय ५ जना बहिरा बिद्यार्थीहरुलाई पठन पाठन गरिरहेको छ ।

बिद्यालयसंग भवन अभावका कारण ३ वटा कोठामा ७ वटा कक्षा सञ्चालन गर्नु परेको छ भने, छात्रबासकोपनि अभाव छ । यस्तै शुरक्षाका दृष्टीकोणले पर्खाल अति आवश्यक रहेको प्रधानाध्यापक सिताराम चौधरीले बताए । यस्तै बिद्यालयमा साकेंतिक भाषा सिकेको शिक्षण अनुमतीपत्र प्राप्त शिक्षककोपनि अभाव कायमै छ ।

clock बिहिबार ०४, असोज २०८० २०:५२

प्रतिक्रिया