डडेल्धुरामा युवतीमाथि सामूहिक बलात्कार, ३ पक्राउ, एक फरार
डडेल्धुरा । डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेका छन्।
एक १८ वर्षीय किशोर भने फरार रहेका छन्। कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ।
त्यस्तै तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेकोे उनीहरुमाथि उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।
प्रतिक्रिया