प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

  सोमबार ०१, असोज २०८० ०६:५०

न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।  

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र महासचिवगुटेरेसबीच संयुक्त राष्ट्र संघको मुख्यालय भेटवार्ता भएको हो। 

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषण लगायतका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रचण्ड र गुटेरेसबीच छलफल भएको बताएएको छ।

clock सोमबार ०१, असोज २०८० ०६:५०

प्रतिक्रिया